नासोका बाढी प्रभावितलाई राहत

नासोका बाढी प्रभावितलाई राहत

लोकसंवाद संवाददाता  |  समाज  |  असार ११, २०७८

मनाङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाका बाढी प्रभावितलाई राहत प्रदान गरिएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी उपमहासचिव शान्तामाया परियारका अनुसार महासंघको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो । बाढीपहिरोबाट आवास प्रभावितलाई सो सहयोग गरिएको हो । 

ङिस्याङ मनाङ वुमन सोसाइटी, मनाङ मस्र्याङ्दी फुटबल क्लब, नेपाल आयल निगम, गोर्खा सेमिस्ट्रिस ट्रस नेपाल लगायतको समन्वय र सहकार्यमा राहत सङ्कलन गरी प्रभावितलाई सहयोग गरिएको छ । जिल्लाका चार स्थानीय तहमध्ये बढी क्षति नासो गाउँपालिकामा पुगेको छ । 

बाढी पहिराले मनाङका प्रायः बस्ती रहेका स्थानमा जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । धेरै बस्ती बाढी पहिराले पूर्ण रुपमा विस्थापित भएको उहाँले बताउनुभयो । मस्र्याङ्दी नदीमा बाढी आउने क्रम नघट्दा अझै पनि समस्या उस्तै रहेको छ ।