अफगानिस्तानमा भूकम्प

अफगानिस्तानमा भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ११, २०७८

एजेन्सी । अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५।१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । 

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।