योगी कुलचन्द्र | साहित्य | असार १२, २०७८
मेरो हिड्ने तिम्रो हिड्ने बाटो अलग रह्यो
जिन्दगीमा अब तिमीलाई भन्नु के नै रह्यो
आधा उमेर ढल्कीएसी गुनासाहरु भो धेरै
भाग्यले नै नदिएसी के जोर लाग्थ्यो मेरै
धेरै विते मेरा जीवनका संझनाका पलहरु
विश्वासमा घातै घात भो भन के पो गरु ?
विच बाटो मै वित्ने भो दोधारे भोे मति
जीवन ढीलो कर्म बन्यो जीन्दगीको गति
हिड्दा हिड्दै थाके जताततै नै म हुँदा महा
संझिदिने बुझि दिने कोही छैनन् म रुदामा
दिन रात कति हिडे कर्महरु सँगसँगनै लिई
शान्ति लिन,अन्याय सही,अत्याचार मै जिई
धेरै वितेका छन् पलहरु एक्लो एक्लो भई
हिडि रहे जीवन मुटुमाथि चोटै चोट लिई
मेरो हिड्ने तिम्रो हिड्ने बाटो अलग रह्यो
जिन्दगीमा अब तिमीलाई भन्नु के नै रह्यो