राजेशपायल र उर्मिलाको 'मायाको बोलीले' बोलको गीत सार्वजनिक (भिडियोसहित)

राजेशपायल र उर्मिलाको 'मायाको बोलीले'  बोलको गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १३, २०७८

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको आवाजमा ‘मायाको बोलीले’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार टीका चाम्लिङको शब्द, सङ्गीतकार पदम राजन मगरको सङ्गीत, सङ्गीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो भिडियो सेवा रेकर्डिङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मायाप्रेमसँग सम्बन्धित गीत कर्णप्रिय रहेको छ ।

मनोज राईको छायांकन तथा सम्पादनमा भिडियो तयार भएको हो । गीतकार तथा निर्देशक जीवन मुकारुङ मायाको बोलीले बोलको गीतले सङ्गीतका पारखीहरूको आँत भरिने विश्वास व्यक्त गर्छन् ।

‘मायाको बोलीले’ बोलको गीत यहाँ क्लिक गरेर  पनि सुन्न र हेर्न सकिन्छ ।