‘फानी’ को असर नेपालमा पनि

‘फानी’ को असर नेपालमा पनि

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडौं । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको  शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

‘त्यो चक्रवातको असर पूर्वी क्षेत्र र हिमाली क्षेत्रमा पर्न सक्ने प्रारम्भिक अनुमान छ’,पौडेलले कान्तिपुरसित भने,‘त्यो चक्रवातको असरस्वरुप हिमाली भू–भागमा भारी हिमपात र हावाहुरीको सम्भावना छ।’

अहिले प्रिमनसुनको समय भएको र चक्रवातको असर मिसिए पूर्वी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।