ह्याकरकहाँ तपाईंको निजी जानकारी नपुगोस् भन्ने चाहानुहुन्छ ? अपनाउनुस् यी तरिका

ह्याकरकहाँ तपाईंको निजी जानकारी नपुगोस् भन्ने चाहानुहुन्छ ? अपनाउनुस् यी तरिका

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  बैशाख १९, २०७६

नयाँ दिल्ली । आजको डिजिटल दुनियामा पासवर्ड धेरै महत्वपूर्ण छ । इमेलदेखि सोसल मिडिया मञ्चसम्म मानिसको अकाउन्ट पासवर्डले सुरक्षित राख्छ । सम्बन्धित व्यक्तिको अनुमतिबिना उसको अकाउन्ट कसैले पनि खोल्न सक्दैन । तर, ह्याकरले कसैको पनि अकाउन्टमा सजिलै प्रवेश गर्न सक्छन् । यसको एक मुख्य कारण हो– कमजोर पासवर्ड । 

भर्खरै सार्वजनिक भएको एक रिपोर्टका अनुसार धेरै मानिसले आफ्नो अकाउन्टको पासवर्ड १२३४५६ प्रयोग गरिरहेका छन् । नेसनल साइबर सेक्युरिटा सेन्टर (एनसिएससी)द्वारा गरिएको अध्ययन अनुसार यो पासवर्ड झण्डै २.३ करोड प्रयोगकर्ताले उपयोग गर्छन् । मे २ लाई अन्तर्राष्ट्रिय पासवर्ड डे घोषित गरिएको छ । 

यहाँ फिसिंग अट्याक (पासवर्ड ह्याक)बाट सुरक्षित हुने केही तरिका उल्लेख गरिएको छ । 

के हो फिसिंग अट्याक ?

सजिलो भाषामा बुझ्ने हो भने फिसिंग अट्याकको अर्थ अनलाइन ठगी हो । यसबाट ह्याकरले प्रयोगकर्ताको निजी जानकारी, जस्तै ः युजरनेम, पासवर्ड तथा क्रेडिट कार्डको डिटेल थाहा पाउन सक्छन् । 
उदाहरणका लागि तपाईंलाई दिनहुँ कयौं इमले आउने गर्छन् । यीमध्ये केही इमेलमा तपाईंको निजी जानकारी सोधिएको हुन्छ, जस्तै ः एक यस्तो इमेल आउने गर्छ, जसमा भनिएको हुन्छ– एप्पल कम्पनीले तपाईंको पासवर्ड सोधेको छ । अन्यथा तपाईंले यो नदिएमा अकाउन्ट लक हुन सक्छ । 
यदि तपाईंले यो इमेलमा क्लिक गरेर आफ्नो पासवर्ड र डिटेल लेख्नुभयो भने तपाईंको पूरै जानकारी ह्याकरसँग स्वतः पुग्छ । तपाईं स्मरण राख्नुपर्ने हो, कुनै पनि प्रतिष्ठित कम्पनीले कहिले पनि कसैलाई यस्तो इमेल पठाउँदैन । 

कसरी बच्ने ?

– एजेन्सीको सहयोगमा