पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १४, २०७८

काठमाडौं  । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ ।

सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए ।उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन ।