भोजपुरका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

भोजपुरका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७८

भोजपुर।  जिल्ला कारागार भोजपुरमा रहेका कैदीबन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । कैदीबन्दीलाई जिल्लाको चार स्थानीय तहले पुस्तक तथा अन्य सामग्री उपलब्ध गराएका सामाग्री हस्तान्तरण गरिएको हो ।

पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका र आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकालको आर्थिक सहयोगमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गर्नु भएको हो । पौवादुङमा गाउँपालिकाको सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास लगाएतका ७५ थान पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै अरुण र आमचोक गाउँपालिकाले उपलव्ध गराएको एक÷एक थान ब्याकअप सिस्टम र हतुवागढी गाउँपालिकाले उपलव्ध गराएको एक थान इन्भर्टर हस्तान्तरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरको पहलमा सामग्री उपलब्ध भएको जिल्ला कारागार कार्यालय भोजपुरका जेलर खगेन्द्र अधिकारीले जानकारी दिनु भयो । व्याअपको व्यवस्था भएसँगै बिजुली बत्तीको समस्या हटेको उहाँको भनाइ छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुने गरेको कार्यालयले जनाएको छ । ४० जनाको क्षमता रहेको कारगारमा हाल ११ महिला र ११३ पुरुष गरी १२४ जना कैदीबन्दी रहेका छन् । यो समस्या भोजपुरमा मात्र नभएर प्रदेश एक का अधिकाँश कारागारहरुको रहेको छ ।