इग्ल्याण्डका रक्षामन्त्री बर्खास्त

इग्ल्याण्डका रक्षामन्त्री बर्खास्त

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

इग्ल्याण्डको प्रधानमन्त्री टेरीजा मेले रक्षामन्त्री विलियमसनलाई वर्खास्त गरेकी छन । विलियमसनमाथि सुरक्षा परिषद बैठकको सूचना सार्वजनिक गरेको आरोप छ ।

लन्डन, एजेन्सी ।  इग्ल्याण्डको प्रधानमन्त्री टेरीजाले आफ्नो क्याबिनेटका रक्षामन्त्रीलाई बर्खास्त गरेकी छन् । 

१ मे बुधबार रक्षामन्त्री विलियमसनलाई पदमुक्त गरेर प्रधानमन्त्री टेरीजाले उनको स्थानमा पेन्नी मोरडन्टलाई नयाँ रक्षामन्त्री नियुक्त गरेकी छन । 

डाउनिंग स्ट्रीट अफिसका प्रबक्ताका अनुसार, ‘प्रधानमन्त्रीले बुधबार रक्षामन्त्री शाम विलियमसनलाई मन्त्रीमंडलबाट हटाएकी छन्, उनले रक्षामन्त्रीका रुपमा देश सेवा गर्ने योग्यता र विश्वास गुमाइ सकेका छन ।’
विलियमसलाई यस सम्बन्धी दिएको पत्रमा भनिएको छ, ‘ तपाईले २३ अप्रिलमा भएको राष्ट्रिय सुरक्षा परिषद बैठकको निर्णय अनधिकृत रुपले सार्वजनिक गर्नुभयो ।’

सुरक्षा परिषदको बैठकमा इग्ल्याण्डले हुआवे कम्पनीलाई देशमा ५ जी नेटवर्क विकसित गर्ने सशर्त अनुमति प्रदान गरेको थियो ।