निषेधाज्ञाको निणर्य गर्न सिडिओको बैठक बस्दै

निषेधाज्ञाको निणर्य गर्न सिडिओको बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७८

काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन आज बैठक बस्न लागेको हो ।

आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर(बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने बारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

तर, थप खकुलो बनाए निषेधाज्ञ थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । अहिले उपत्यकामा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर(बिजोर र व्यवसायलाई बारको आधारमा सञ्चालन गर्न दिइएको छ । मंगलबारदेखि थप खुकुलो बनाउने तयारी गरिएको  छ ।