फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री

फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७८

काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो ।

काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठले फ्रन्टलाइनमा खटिएर नागरिकलाई सही सूचना र समाचार दिने पत्रकारलाई सहयोग गरिएको बताए ।

काठमाडौं जेसीजले निरन्तर रुपमा विपन्नलाई खाना वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ भने रामेछापसहित विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएको छ