मसूद अजहर आतंकवादी घोषित, पाँचौं प्रयासमा चीनले सहमति देखायो

मसूद अजहर आतंकवादी घोषित, पाँचौं प्रयासमा चीनले सहमति देखायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

आतंकी संगठन जैश–ए–मुहम्मदको प्रमुख मसूद अजहरलाई वैश्विक आतंककारी घोषित गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मसूदलाई सर्वसहमतिले आतंककारी घोषित गरेको हो । यसलाई भारतको ठूलो कुटनीतिक सफलता मानिएको छ ।

नयाँ दिल्ली । पाकिस्तानमा बसेर आतंककारी गतिविधिमा संलग्न रहेको जैश–ए–मुहम्मदका प्रमुख मसूद अजहरलाई वैश्विक आतंककारी घोषणा गरिएको छ ।

संयुक्त राष्ट्रमा भारतका राजदूरत सैत्थद अकवरुद्दीनले भने, ‘मसूदको नाम संयुक्तप राष्ट्रको प्रतिबन्धित लिस्टमा लेखियो ।’

यसलाई भारतको ठूलो कुटनीतिक सफलता मानिएको छ । भारत सरकार लामो समयदेखि खासगरी फेबु्रअरी १४ मा कश्मिरको पुलवामा भएको आतंकी आक्रमणपछि मसूद अजहरलाई संयुक्त राष्ट्र संघबाट वैश्विक आतंककारी घोषित गराउने प्रयास गरिरहेको थियो ।

संयुक्त राष्ट्र संघमा यस सम्बन्धी दर्ता भएको प्रस्तावमा चीनले भिटो प्रयोग गरी रोकिरहेको थियो । तर, अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा पाँचौँ पटक ल्याइएको प्रस्तावमा भने चीनले सहमति देखायो ।

संयुक्त राष्ट्र संघमा भारतका राजदूर सैरयद अकवरुद्दीनले यस कार्यमा दिने संयुक्त राष्ट्रका लागि स्थायी सदस्य ब्रिटेन, अमेरिकालगायत सहयोग गर्ने अन्य सबै राष्ट्रलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मसूदलाई आतंकी घोषित गरिएकोमा प्रशन्नता व्यक्त गरेका छन् । यसै क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष अमित साह, प्रसिद्ध कवि डा. कुमार विश्वासलगायत अनेकौं भारतीय प्रबुद्ध वर्गले खुसी व्यक्त गरेका छन् ।