भारत चन्द्रमामा ओर्लिने

भारत चन्द्रमामा ओर्लिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

‘चन्द्रयान–२’ अभियान अन्तर्गत भारतको अन्तरिक्ष एजेन्सी ‘इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन ’ इसरोले चन्द्रमामा ओर्लिने जानकारी दिएको छ । इसरोका अनुसार उसको रोभर प्रज्ञानले ७ सेप्टेम्बरमा चन्द्रधरातलमा पाइला टेक्ने छ  ।

चेन्नई, एजेन्सी ।  भारतले चन्द्रयात्राको दोस्रो अभियानमा चन्द्र धरातल टेक्ने महत्वाकाँक्षा लिएको छ ।

भारतीय स्पेश एजेन्सी इसरोले १ मे बुधवारका दिन प्रेस विज्ञप्ति जारी गरेर यस अभियानको घोषणा गरेको छ । 

 इसरोका अनुसार ‘चन्द्रयान–२’ नाम दिएको यस अभियानलाई ९ जुलाईदेखि १६ जुलाईको वीच प्रक्षेपण गरिने छ ।

‘चन्द्रयान–२’मा तीन माडयुल  रहेका छन् – आर्बिटल,ल्याण्डर (विक्रम ) र रोभर प्रज्ञान । 

 जुलाईको मध्यममा प्रक्षेपण गरिने  यस अभियानको ल्याण्डर विक्रमले डेढ महिना भन्दा लामो यात्रा गरेर ७ सेप्टेम्बरका दिन चन्द्रमामा ल्याण्डिग गर्नेछ । 

इसरोको यस अभियानले सफलतापुर्वक चन्द्र अवतरण गर्न सकेमा भारत विश्वको चौथो चन्द्रमामा अवतरण गर्ने देश हुन पुग्नेछ ।

भारतले २००८ मा ‘चन्द्रयान–१’ मार्फत चन्द्रयात्रा प्रारम्भ गरेको थियो । यस पहिलो अभियानमा भारतले चन्द्र धरातलमा क्रैस ल्याण्डिंग  गराएको थियो ।

क्रैश ल्याण्डिंगमा  चन्द्रमामा पठाइने रोभर  सुरक्षित ओर्लिदैनन्, चन्द्र धरातलमा ठोक्किएर टुक्रा टुक्रा हुन्छन्  । 

‘चन्द्रयान–१’ अभियानले चन्द्रमामा पानी रहेको पत्ता लगाएको थियो । 

अहिलेसम्म  रुस ,अमेरिका तथा चीनले मात्र  चन्द्रमामा सफतापुर्वक ‘साफ्ट ल्याण्डिंग’ गर्न सकेका छन् ।

गत महिनामा इजरायलले पठाएको रोभरले चन्द्रमामा पुग्नुभन्दा केही मिनेट पहिला दुर्घटना ग्रस्त भएर ‘क्रैश ल्याण्डिंग’  गरेको थियो । इजरायलको अभियान ‘साफ्ट ल्याण्डिंग’ गर्न  सफल भएको भए इजरायल चन्द्रमामा ओर्लिने  विश्वको चौथो राष्ट्र बन्ने थियो ।

चन्द्रमामा सफलतापुर्वक ‘साफ्ट ल्याण्डिग’ गराउनु जटिल प्रविधि रहिआएको छ । वेगले उड्दै गरेको ल्याण्डरलाई चन्द्र सतहमा पुग्नभन्दा पहिला गति नियन्त्रित गरेर अवतरण गराउनु पर्ने हुन्छ । गति नियन्त्रित हुन नसकेमा ल्याडण्र चन्द्र धरातल सँग ठोकिंदा टुक्रा टुक्रा हुनपुग्छ ।