सभामुखले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

सभामुखले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

लोकसंवाद संवाददाता  |  समाज  |  असार १५, २०७८

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।  पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् ।

दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए । सभामुखको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन् ।