अब रोबोटले गर्छ दाँत सफा

अब रोबोटले गर्छ दाँत सफा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

वैज्ञानिकहरुले मानव जीवन सहज बनाउनका लागि विभिन्न आविष्कार र खोज गरेका छन्, त्यसमा यन्त्र मानव यानेकि रोबोट पनि एक हो । 

प्रारम्भमा विभिन्न जोखियुक्त र अन्य अप्ठ्यारा कामका लागि सहयोगी हुन्छ भन्ने मान्यता राखेर विकास गरिएको रोबोट अहिले भने मानिसका साना, घरेलु तथा चिकित्सकीय कार्यमा समेत महत्वपुर्ण सहयोगी बन्न पुगेको छ । 

हालै वैज्ञानिहरुले एउटा यस्तो सुक्ष्म राबोटको विकास गरेका छन् जसले मानिसको दाँत सफा गर्ने गर्छ । यसलाई चिकित्सा क्षेत्रमा एउटा ठूलो उपलब्धीको रुपमा हेरिएको छ । 

यो रोबोटले मानिसको दाँतमा जम्ने पहेंलो पदार्थ प्लांकलाई विना दाँतको हानी नोक्सानी सफा गर्ने गर्छ । 

यसमा दुई प्रकारका रोबोटको प्रयोग हुन्छ, एउटाले दाँत सफा गर्ने काम गर्छ भने अर्को भने अर्को सजिलै भित्रसम्म जान सक्छ ।