'प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ?'

'प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ?'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७८

प्रतिनिधसभा विघटनविरुद्धको रिटमाथि जारी इजलासमा सरकार पक्षका वकिलको बहस चलिरहेको छ । आजको बहसमा  सरकार पक्षका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् ।

पाण्डेयले बहस सुरु गर्दै विश्वासको मत पाउँदिनँ, धारा ७६ (३) अनुसार बस्दिनँ भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भनेर राष्ट्रपतिकहाँ गएको बताए । यसपछि प्रधानन्यायाधीश जबराले सोधे पाण्डेयलाई, ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने होइन र ?  त्यसलाई छलेर जान मिल्छ र ?’

प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायव महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जबाफ दिएका थिए ।

मत पाउँदिनँ भनेर आत्मसमर्पण गरेपछि फेरि संसदमा जानुनपर्ने उनको तर्क थियो ।