को हो मसूद अजहर

को हो मसूद अजहर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

 दुर्दान्त आंतकी मसूद अजहर आतंकी संगठन जैश–ए–मुहम्मदको संस्थापक हो ।  ऊ पाकिस्तानको बहावलपुरको बासिन्दा हो । सन् १९९४ मा मसूदलाई भारतको श्रीनगरमा गिरफ्तार  गरिएको थियो  ।
उसलाई जेलमुक्त गराउन आतंकवादीले काठमाण्डौबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गरेका थिए ।

जहाजमा रहेका बन्दी नागरिकलाई छोडाउन भारत  सरकारले मसूदलाई अफगानिस्तानको कंधारमा लगेर अपहरणकारीलाई बुझाएको थियो  ।

पाकिस्तान पुगेर अजहरले आफु संम्लग्न भएको आतंकी संगठन हरकत उल मुजाहिदीन टुक्रयाएर नयाँ संगठन जैश–ए–मुहम्मद गठन गरेको थियो ।

सन् २०००मा गठन भएको जैश–ए–मुहम्मदले भारतमा धेरै आतंकी घटना गरायो ।

सन् २००० को अप्रिलमा मसूदको संगठनले श्रीनगरको बादामी बाग कैन्टोमेन्टमा कार बम विस्फोट गरायो । यस घटनामा तीस जना मारिए ।

सन् २०००को जुन महिनामा जैशका आतंकवादीले तीन जना भारतीय सुरक्षाकर्मी मारे ।

सन् २००० को डिसेम्बर महिनामा श्रीनगर–बारामूला रोडमा सुरक्षाकर्मी चढेको वाहनमा आतंकवादी हमला गरे ।

अक्टुबर २००१ मा  जैश–ए–मुहम्मदका  आतंकवादीले  जम्मू काश्मिरको विधानसभा भवनमा हमला गरे, यस हमलामाा तीस जना मारिए ।

१३ डिसेम्बर २००१ मा जैश–ए–मुहम्मदका  आतंकवादीले भारतीय संसदमाथि हमला गरे । पाँचै जना आतंकबादीलाई भारतीय  प्रहरीले मार्ने सफलता पायो ।

 जनवरी २००२  जैशका  आतंकीले वाल स्ट्रीट जनरलका पत्रकार डेनियल पर्ललाई अपहरण गरि हत्या गरे ।

जुन २००२ जैशका आतँकीले कराची स्थित अमेरिकी दुतावासमाथि हमला  गरे ।

जनवरी २००३ मा जैशका आतंकीले श्रीनगर वस स्टैण्डमा आक्रमण गरी वीएसएफ जवानको हत्या गरे ।

नोभेम्बर २००५मा कांग्रेस नेता गुलाब नबी आजादले काशिमरको मुख्यमन्त्री पदको शपथ लिएको केहि बेरमै जैशका आतंकीले कार बम विस्फोट गराए । यस विस्फोटमा दस जना मारिए ।

मार्च २००५ मा जैशका आतंकीले काश्मिरको पुलवामामा ग्रिनेड हमला गरे, यस हमलामा २५ जना मारिए ।

जुलाई २००८मा काश्मिरको सोपोरमा जैशका आतंकीले हमला गरे, एक जना सुरक्षाकर्मी शहिद भए ।

मई २०१४ मा काश्मिरको बारामूलामा जैशका आतंकीले सेनाको गाडी उडाए, एक  जना कर्नल मारिए ।

जनवरी २०१६ मा जैशका आतंकीले पंजावको पठानकोट स्थित भारतीय वायुसेनाको एअरबेसमा हमला गरे । एक जना सर्वसाधारणसहित सात सुरक्षाकर्मी शहिद भए ।

अगस्त २०१६ जैशका आतंकीले बारामूलामा घात लगाएर हमला गरे । २ जना सैनिक शहिद भए ।

सेप्टेम्बर २०१६ मा जैशका आतंंकवादीले उरी स्थित सेनाको १२ ‌‍‌औं बिग्रेड को मुख्यालयमा हमला गरे । भारतीय सेनाका १९ सैनिक शहिद भए । यसको जवाफी कारवाहीस्वरुप भारतको नरेन्द्र मोदी सरकारले पाक नियन्त्रित काश्मिरमा आफ्ना सैनिक पठाएर सैन्य कार्यवाही  ‘सर्जिकल स्ट्राइक’ गर्यो  ।

फेव्रुअरी २०१९ मा जैशका आतंकवादीले श्रीनगर–पुलवामा  मार्गमा सीआरपीएफको बसमाथि आत्मघाती  हमला गर्यो । सीआरपीएफका ४० जवान शहिद भए ।

यस हमलाको प्रतिकारस्वरुप भारतको नरेन्द्र मोदी  सरकारले भारतीय  सेनालाई  प्रतिशोध  लिन खुल्ला छुट  दियो । भारतीय हवाइ सेनाले पाकिस्तानको बालाकोटमा रहेको जैश–ए–मुहम्मदको मुख्यालयमा भीषण बम वर्षा गर्यो ।

पुलवामामा भएको आत्मघाती विस्फोट पछि भारत सरकारले संयुक्त राष्ट्रबाट  मसूद अजहरलाई वैश्विक आतंककारी  घोषित गराउने अभियानमा तीव्रता ल्यायो । अन्ततः  १ मे  २०१९ मा भारतको प्रयास सफल भयो । संयुक्त राष्ट्र सुरक्षा परिषदले मसूदलाई वैश्विक आतंककारी घोषणा गर्यो ।