अष्ट्रेलियाका वैज्ञानिकको अनौठो खोज

अष्ट्रेलियाका वैज्ञानिकको अनौठो खोज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाण्डौ, एजेन्सी

हालै अष्ट्रेलियाका वैज्ञानिकले अनौठो खोज गरेका छन् । वैज्ञानिकको दावी छ कि उनीहरुले हावामा भएको कार्वनडाइअक्साइड निकालेर त्यसलाई कोइला बनाउन सकिन्छ ।

यो अनौठो खोजमा हावामा रहेको कार्वनडाइअक्साबाट कसरी कोइला बनाउन सकिन्छ भन्ने बारेमा उनीहरुले बताएका छन् । 

जनरल नेचर कम्युनिकेशनमा छापिएको शोधपत्रमा कसरी कार्वनडाइअक्साइडबाट कोइला बनाउने भन्ने बारे विभिन्न तहमा चरणवद्ध तरिकाले बर्णन गरिएको छ ।

यदि यो खोज सही निस्किएको खण्डमा त्यो अहिले भैरहेको वातावरणीय दुष्प्रभाव कम गर्नमा निकै प्रभावकारी हुने मानिएको छ । अहिले भैरहेको वार्मिगं कम गर्न पनि असरदार हुने ठानिएको छ । 

अहिले विश्वका ठूला तेल कम्पनीहरुको अरबौं डलर कार्बन डाइअक्साइड जमिन मुनि संकलन गर्न सकिन्छ कि भन्ने सोच अनुसन्धानमा ठूलो धनराशी खर्च गरिरहेका छन् । यदि सफलता हात पारेका खण्डमा पनि यो प्रविधि निकै महंगो हुने देखिएको छ । 

तर, अहिले खोज गरिएको प्रविधिलाई व्यवहारमा ल्याउन सकिएको खण्डमा यसले खर्च तथा वातावरणमा पनि व्यापक सुधार ल्याउन सक्ने ठानिएको छ ।