घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७८

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार र तेजाबी प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किचबेच भइरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।