आफ्नो निजी सुरक्षा गार्डसँग थाई राजाको विवाह

आफ्नो निजी सुरक्षा गार्डसँग थाई राजाको विवाह

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडौं एजेंसी।

अहिले थाइल्याण्डका राजाको पुरै विश्वमा चर्चा चलिरहेको छ । थाई राजा वाजीरालोंग्कोर्नले आफ्नो निजी सुरक्षा गार्डसँग विवाह गरेपछि उनी चर्चाको शिखरमा छन् । 

६६ वर्षीय राजा वाजीरालोंग्कोर्नले आफूभन्दा २६ वर्ष कान्छी सुथिदा तिदजईसँग विवाह गरेका हुन् । थाई राजाको विवाह सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । 

विवाह पश्चात राजपरिवारले जारी गरेको सन्देशमा राजा वाजीरालोंग्कोर्न को पत्नी सुथिदालाई  रानीको दर्जा प्रदान गरिएको बताइएको छ । सन्देशमा भनिएको छ, जनरल सुथिदा वाजीरालोंग्कोर्न ना अयुध्यालाई उनकी शाही पत्नी तथा रानी सुथिदाको रुपमा पदोन्नती गर्ने निर्णय गरिएको छ । 

रानी सुथिदा को उमेर चालिस वर्ष हो जो राजा वाजीरालोंग्कोर्न भन्दा २६ वर्ष कम हो । उनी पहिले  राजा वजिरालॉन्गकोर्न को निजी सुरक्षा गार्डको रुपमा कार्यरत थिइन् ।  राजाको अंगरक्षक बन्नु भन्दा पहिले सुथिदा थाई एयरवेज मा फ्लाइट अटेंडेंटको रुपमा काम गर्ने गर्थिन् ।

२०१४ मा  राजा वजिराॉन्गकोर्नले  सुथिदालाई आफ्नो निजी अंगरक्षक युनिटको  डिप्टी कमांडर बनाएका थिए । २०१६ मा  राजाले उनलाई सेनाको जनरल बनाएका थिए । २०१८ मा सुथिदालाई राजाको निजी सुरक्षा गार्ड बनाइएकाे थियाे । 

राजा वजिरालॉन्गकोर्नको हालकी रानी सुथिदा भन्दा पहिला तीन विवाह भैसकेको थियो । राजाका सात छोराछोरी समेत छन् ।