जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार १७, २०७८

कञ्चनपुर । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले आज पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी बेचबिखन मुद्दामा ५० हजार जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण्डेय, जालसाँज मुद्दामा ३७ हजार ५०० जरिवाना भई लगत भई बसेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउद र सार्वजनिक मुद्दामा ३०० जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका–४ का लक्ष्मी चन्दलाई अदालतमा उपस्थित गराई असुलउपर गरिएको छ ।