काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७८

काठमाडौं ।  नेपाली काँग्रेसमा  महाधिवेशनका  मतदाताका  रूपमा  रहने  क्रियाशील  सदस्यताको  विवाद  किनारा  लगाउन  निकै  सकस  भएकोे  छ  ।  गाउँ  तथा  नगरको  वडा  अधिवेशन  सुरु  हुन  तीन  साताको  हाराहारी  मात्र  समय  बाँकी  रहे  पनि  पार्टीको  क्रियाशील  सदस्यता   विवाद   अझै   मिल्ने   स्थिति  देखिएको  छैन  । 

पार्टीका  प्रभावशाली  नेताहरूले  नै  यसलाई  आफ्नो  हारजितसित  जोडेपछि  एक  दर्जनभन्दा  बढी  जिल्लामा  अझै  क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद  पाँच  सयभन्दा बढी  वडामा अझै कायमै छ ।

काँग्रेसका केन्द्रीय सदस्य  अर्जुननरसिंह  केसी  पार्टीका  लागि क्रियाशील सदस्यताको विवाद मिलाएर  १४औँ  महाधिवेशन  सम्पन्न  गर्ने  कुरा  निकै  सकस  र  चुनौतीपूर्ण  भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९  गतेभित्र  पार्टीको  महाधिवेशन  सम्पन्न  गर्नैपर्ने  बाध्यता  काँग्रेसलाई  छ  तर  पार्टीका  मतदाता  क्रियाशील  सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन । अझै पनि काठमाडौँ, नुवाकोट, चितवन,  मोरङ,  सुनसरी,  कैलाली,  सुर्खेत,  काभ्रेपलाञ्चोक,  स्याङ्जा,  सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन ।

गोरखापत्र दैनिकबाट