पहिरोमा मृत्यु भएका परिवारलाई सहयोग

पहिरोमा मृत्यु भएका परिवारलाई सहयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७८

चितवन । नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरोमा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई २५ हजारका दरले सहयोग गर्ने बताउनुभयो । 

कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभयो । 

सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पु¥याइने उहाँले जानकारी दिनुभयो । 

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।