लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १८, २०७८

एजेन्सी । लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । 

संयुक्त राष्ट्रसंघ बालकोष ९युनिसेफ०ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।  

“खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भन्नुभयो । 

“लेबनानका दश मध्ये एक बालबालिका काममा जाने परेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन । ती मध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन” युनिसेफको प्रतिवेदनमा उल्लेख छ । 

लेबनानका कुल १५ प्रतिशत परिवारले उनीहरुका बालबालिकाको पढाई रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।