अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु

अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १८, २०७८

एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । 

सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ । 

सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ । 

खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ । 

तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।