तिलकुमारी पुन मगर : बन्द उन्मुख फ्रेस हाउसले ५० हजार कर्जा पाउँदा परिवारै स्वरोजगार !

तिलकुमारी पुन मगर : बन्द उन्मुख फ्रेस हाउसले ५० हजार कर्जा पाउँदा परिवारै स्वरोजगार !

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १८, २०७८

म तिलकुमारी पुन मगर । वर्ष ३६ । सुर्खेत स्थित गर्वाकोट नगरपालिका १४ । हाल रोल्पा जिल्ला स्थित लिबाङ नगरपालिका वडा नं ४ को शिवालय टोलस्थित एम फ्रेस हाउसको सञ्चालक । 

मेरो घर सुर्खेत जिल्लाको गर्वाकोट नगरपालिका १४ मा पर्दछ । घरको अवस्था ठिकठिकै थियो । यता मेरो माइतीहरू पनि रोल्पामा नै हुनुहुन्थ्यो  । रोल्पामा नै आएर केही ब्यावसाय गर्ने उद्देश्यले २०६२ सालमा रोल्पाको लिबाङमा आएका हौँ । लिबाङ आएको केही समयदेखि नै हामीले फ्रेस हाउस सञ्चालनमा  ल्यायौँ ।  गाउँ जस्तो ठाउँमा  फ्रेस हाउस चलाउन एकदमै गाह्रो हुन थाल्यो ।  

घर परिवार चलाउन एकदमै गाह्रो  हुन थालेपछि  श्रीमान् वैदेशिक रोजगारीको लागि विदेश समेत जानु भयो । जसोतसो फ्रेस हाउस चलाउने दायित्व मेरो नै काँधमा आयो । फ्रेस हाउसलाई चाहिने सबै पूर्वाधार जोडेको हुनुले जेनतेन  फ्रेस हाउस चलाउँदै  भए पनि दैनिक बचत गर्ने उद्देश्यले मेची काली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचतकर्ता सदस्य भएको थिएँ । एक दिन सहकारीको बैठकमा जाँदा  स्वरोजगारीको लागि सरल कर्जाको कार्यक्रम आएको कुरा सुने । यो कस्तो हो र कसरी पाइन्छ । यस बारेमा जिल्लामा रहनु भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको जिल्ल स्थित ऋण असुली सहजकर्ता ज्ञानेन्द्र न्यौपानेसँग सम्पर्क गरे । 

वास्तवमा सहकारीमा मैले सुनेको कुरा सही रहेछ । व्याज सस्तो भएकोले होला मैल एक लाख कर्जा मागेको तर मेची काली बचत तथा ऋण सहकारी संस्थाले मलाई पचास हजार मात्र कर्जा उपलब्ध गराउने निर्णय गर्‍यौँ । श्रीमानलाई विदेश पठाउँदा, घर खर्च गर्दा फ्रेस हाउसमा समान राख्ने लगानीको मलाई कमी थियो । फ्रेस हाउसमा सबै चिज थियो । विक्री वितरणको समान हाल्नको लागि मात्र लगानी चाहिएको थियो । मैले यसरी पाएको सबै कर्जा ५० हजार रकमले फ्रेस हाउमा मासुको प्रबन्ध गरेँ । जसले एक्कासि मेरो फ्रेस हाउस समान थप्न सफल हुनासाथ बिक्रीमा बढोत्तरी भयो । जसले मेरो घर खर्च चलाउन सहज बन्यो । बनिरहेको छ । अहिले श्रीमान् विदेश नगई यही फ्रेस हाउसलाई मुख्य पेसा बनाइरहनु भएको छ । अहिले त छोरा पनि हामीसँगै काम गरिरहेको छ । 

हामीले अहिले लिबाङमा घडेरी पनि किनेका छौँ । तर त्यो पैसा हाम्रो फ्रेस हाउसबाट भन्दा पनि श्रीमानले वैदेशिक रोजगारीबाट गरेको आम्दानीबाट किनेका हौँ । फ्रेस हाउसको आम्दानीबाट बुङ्गुर फार्म चलाउने तयारी गरिरहेका छौँ । सबै तयारी गरिरहेका छौँ । छोरालाई फ्रेस हाउस जिम्मा लगाएर श्रीमानश्रीमती बुङ्गुर फार्म गर्ने तयारी गरेका छौ । जसको लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा सहकारी मार्फत गरिने दुई लाख कर्जा माग गरिसकेका छौँ । पाउने आश्वासन दिनु भएको छ । सबै पूर्वाधार हुँदाहुँदै पनि  सानोतिनो बजेटको अभावमा फ्रेस हाउसमा दैनिक बिक्री वितरणको लागि मासु, अण्डा लगायतको समानको अभाव भएको बेला व्यवसाय विस्तारको लागि पाएको सरल कर्जाको ५० हजार ठुलो सहयोग मात्र पुगेन अब पछाडि फर्कन पर्दैन कि जस्तो लागेको छ ।  ५० हजार ठुलो सहयोग पुग्याे भने बुङ्गुर फार्मकाे लागि पाउने  दुई लाखले पनि सफल हुन्छौ भन्ने लागेकाे छ ।