वादको प्रवर्द्धन : सत्यको निर्धारण गरी जिज्ञासा शून्यताको चरण
असार १९, २०७८

  सर्गाणामादिरन्तश्च मध्यञ्चैवाहमर्जुन ।
  अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम् ।। ३२ ।।

अन्वय र अर्थ – अर्जुन =  हे अर्जुन ! सर्गाणां = सृष्टिहरूको, आदि = आदि, (उत्पत्ति), अन्तः = अन्त (प्रलय), मध्यं (स्थिति) च = मध्य पनि, अहं एव = म नै हुँ, (अहं), विद्यानां = विद्याहरूमध्ये, अध्यात्मविद्या = आत्म विदा र, प्रवदतां (वादिनां) = वक्ताहरूद्वारा बोलिने वाक्यहरू (वाद = अर्थ निणायक हेतु, जल्प = पक्षको मण्डन विपक्षको खण्डन, वितण्डा = विपक्षको खण्डन मात्र) मध्ये, अहं = म, वादः = वाद हुँ ।

भावार्थ– हे अर्जुन ! सृष्टिको आदि मध्य अन्त (सृष्टि, स्थितिऽप्रलय) म हुँ, विद्यामध्ये म आत्मविद्या र वादीहरू (वाद, जल्प, वितण्डा) मध्ये म वाद हुँ ।

विशिष्टार्थ– स्तरलाई सर्ग भन्दछन् अर्थात् जसको आदि अन्त मध्य छ । यो विश्व पनि आदि अन्त मध्य विशिष्ट छ । हे अर्जुन ! म नै यो विश्वरूप स्तर बनेर (भएर) तिम्रो अगाडि विद्यमान छु । आकाशलाई छुट्याउँछु भनेर पर्खाल लगायौं भने स्थूल दृष्टिको भ्रमले आकाश खण्डित भए जस्तो लागेता पनि वास्तवमा आकाश खण्डित हुँदैन, त्यस्तै अखण्ड ब्रम्हमा मायाको पर्खाल लगाएर कल्पनाको जोरले एक 'म'लाई बहुधा विभक्त गरेता पनि (उसको विद्यमानतालाई माया नेत्रले प्रत्यक्ष गराइदिंदा पनि), ब्रम्ह अखण्ड नै रहन्छ । त्यसकारण म भन्छु – हे साधक ! तिमीले प्रत्यक्ष हेर, पृथ्वीदेखि लिएर माया पर्यन्त जति प्रकारका स्तर (सृष्टि) छन्, ती सबैको आदि अन्त मध्यमा अखण्डरूपले एक म नै म विद्यमान छु । तिमीले बनाएको स्तर धागोमा उनिएका मणिहरू जस्तै तिम्रो आँखाको दृष्टिले म माथि भासमान रहे ता पनि वास्तवमा त्यो हैन ।

'अध्यात्मविद्या विद्यानां'– विद्या (विद्+य+आ)– जसद्वारा वस्तुको स्वरूपको ज्ञान हुन्छ । यस जगत्मा जे जति छ त्यो सबै मिथ्या हो । सोही मिथ्यालाई जुन विद्याले सत्य सावित गर्छ त्यो नै अविद्या हो । अध्यात्म विद्या त्यसलाई भन्दछन् जसले बुद्धिलाई लागेर आत्मासँग मिलाई दिन्छ (अध्याय ८ श्लोक २ को विशिष्टार्थ अध्यात्म हेर्नुहोस्) । अतः म भन्छु जति प्रकाका ज्ञान छन् तिनीहरूमध्ये आत्मज्ञान नै म हुँ । साधक ! हेर, पृथ्वीबाट सबैलाई छोडेर जब तिमी ममा आएर 'म' बन्दछौ, तब तिम्रा अरु सबै छुट्छन्, परन्तु उही 'म' छुट्दैन । जसको कालत्रयमा  विच्छेद हुँदैन त्यो नै नित्य हो । त्यो अध्यात्म विद्या पनि नित्य छ, त्यसकारण 'म' अध्यात्म विद्या हुँ ।

कत्ति पनि कलंक यसको अखण्डत्वमा पर्दैन, त्यस्तै नै 'म' भनेर भूत, भविष्यत् दिएर 'म' को वर्तमानताको अभाव पनि कसैले गर्न सक्दैन । त्यसकारण क्षय परिशून्य यसमा पनि क्षयोदयको विश्राम स्थल काल पनि 'म' हुँ ।

 'बादः प्रवदतामहम'–यो ऊ त्यो प्रभृति बहु भाषण( व्यर्थको वाद, जल्प वितण्डा) रूप वाणीलाई प्रर्वदन भन्दछन् । अनि जिज्ञाषा शून्य भएर सत्य निर्धारण गर्ने जुन विचार हो त्यसैलाई  'वाद'  भन्दछन् । सत्य 'म' विना अरु कुनै छैन । अतएव म प्रवदन मध्ये  'वाद' हुँ ।

    अक्षराणामकारोऽस्मि  द्वन्द्वः सामासिकस्य च ।
    अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः ।। ३३ ।।

अन्वय र अर्थ – अहं =  म, अक्षराणां = वर्णहरूमध्ये, अकारः = अकार, अस्मि = हुँ, सामसिकस्य = समासहरूमध्ये, च = पनि, द्वन्द्वः = द्वन्द्व समास हुँ, अक्षयः = अविनाशी, कालः = क्षण, घडी, दिन आदि नामले प्रसिद्ध, अहं एव = म नै हुँ, अहं = म, विश्वतोमुखः = सबैतिर मुख गरेको, धाता = सम्पूर्ण जगत्को कर्मको फलको निरूपण गर्ने पनि, (अहं एव = म नै हुँ)

भावार्थ – वर्णहरूमध्ये म अकार, समासहरूमध्ये म द्वन्द्व हुँ,  म नै अक्षय काल हुँ,  अनि सर्वतोमुखी सर्व कर्मफल विधाता पनि म हुँ ।

विशिष्टार्थ–'अक्षराणामकारः' स्वर र व्यञ्जनको प्रत्येक वर्ण नै एक एक अक्षर हो । जुन अक्षर अरू कसैको सहायता नलिइकन उच्चरित हुन्छ त्यसलाई स्वर भन्दछन् । जस्तै अ, इ, उ, ए, ऐ इत्यादि । जुन अक्षर स्वरको सहायता विना उच्चरित हुन सक्दैन त्यसलाई व्यवञ्जन भन्दछन् । जस्तै क, ख, ग, इत्यादि । यी अक्षर समूहहरूमध्ये 'म' अकार हुँ । किन कि प्रत्येक अक्षरको आदि अन्त मध्यमा नै अ छ । सियोले शतपत्र भेद भए जस्तै तत्क्षणात् अनुभवनीय नभए ता पनि 'अ'लाई छोडेर अक्षर हुँदैन । परन्तु अ स्वतः आफैं उच्चरित हुन्छ । जुन स्वतः उच्चरित हुन्छ त्यो नै 'म' हुँ ।

'द्वन्द्वः सामासिकस्य च'–जगत्मा जे कुरा देख्दछौ, यसमा कुनै पनि ठूलो छैन–त्यसकारण परस्परलाई दबाएर आफूलाई ठूलो देखाउन सबै व्यस्त छन्, परन्तु जुन ठूलो छ उसको महानता स्वतः सिद्ध हुनाले देखाउनु पर्ने प्रयोजन हुँदैन । ठूलोसँग जो मिल्छ त्यो पनि ठूलो हुन्छ । साधक ! जब तिमी मायाको घेरामा थियौ त्यस अवस्थालाई र यस ब्रम्हमा स्थित अवस्थालाई मिलाएर हेर । तिम्रो त्यो मायाले घेरिएको अवस्थामा यस अवस्थाको परिज्ञान थिएन । केबल मायाको प्राधान्य प्रस्फुटित (विकसित) भैरहेको थियो, यस्तो जुन ब्रह्मत्व हो, यो पनिओझेल (निस्तेज) मा  थियो ।

त्यसकारण  'द्वन्द्व' भएन । त्यस अवस्थामा पनि मायाले ब्रम्हलाई छोडेकी थिइन, परन्तु त्यसवेला आफूलाई प्रधान बनाएर ब्रम्ह र माया दुबै तिमीसंग समान रूपले विद्यमान छन् । कसैको पनि प्राधान्यताको ह्रास वा बृद्धि छैन । यी जुन दुई मिलेर एक हुनु हो यसैलाई समास भन्दछन् । अनि त्यसरी नै सबैलाई प्राधान्य दिएर परस्परको जुन एकता भाव हो त्यसलाई  'द्वन्द्व' समास भन्दछन् । 'म' क्रिया विहीन भएर पनि क्रियाशाली मायाविशिष्टमा रहेर ती आफ्नो आफ्नो  प्राधान्य देखाउँछन्, तथापि मबाट ती सबैलाई पृथक् हुनु पर्दैन । म प्रधान भएर पनि  ती सबैको प्राधान्यमा कुनै विध्न पुर्‍याउँदिन, सबैसँग मिले जस्तो गरेर रहन्छु– जस्तो ती सबै प्रस्फुटित हुनाले म प्रस्फुटित भैरहेको छु, यो नै  'द्वन्द्व' समास हो, यस अवस्थामा नै ज्ञान पूर्ण विकशित हुन्छ । अतः म समास मध्ये 'द्वन्द्व' समा हुँ ।

अहमेवाक्षयः कालः–यो जुन काल अखण्ड दण्डायमान छ, ज्योतिर्विद्हरू यसलाई कला, काष्ठा, क्षण, लव आदिद्वारा खण्ड–विखण्ड गरेर सख्यामा ल्याउँदा पनि जस्तै खण्डको कत्ति पनि कलंक यसको अखण्डत्वमा पर्दैन, त्यस्तै नै 'म' भनेर भूत, भविष्यत् दिएर 'म' को वर्तमानताको अभाव पनि कसैले गर्न सक्दैन । त्यसकारण क्षय परिशून्य यसमा पनि क्षयोदयको विश्राम स्थल काल पनि 'म' हुँ । (साधक ! संसारी तिमी र आफ्नो  ब्राह्मीनी स्थिति, मिलाएर हेर) ।

'धाताहं विश्वतोमुखः'– धारण गर्नेवालालाई धाता भन्दछन् । अनि अहं शब्दमा 'म' । मैले यस जगत्लाई धारण गरिरहेको छु, त्यसकारण म धाता हुँ । म भनेर जब अहंकार रहदैन तब यो जगत् पनि रहदैन । त्यसकारण म जगत्को नियामक, नियन्ता वा चालक हुँ । जुन सीमाबद्ध र शीर्ण छ त्यसैलाई शरीर भन्दछन् । यस शरीरमा यस 'म' को अभिमान आरोप गर्नाले नै विश्व हुन्छ । विश्व– वि=विशेष, श्व = अर्को दिनको प्रभातकाल । यो दोस्रो दिनको प्रभातकाल भन्दा पहिले वीचमा रात्रिरूप एक अव्यक्त या मृत्यु अवस्था छ ।

जस्तै दिनमान पछि रात्रिमा निद्रारूप अज्ञानता हुन्छ त्यस्तै नै जीवन पश्चात् र पुनर्जन्म पहिले मृत्युरूप अव्यक्त अवस्था हुन्छ । रात्रिको प्रभात (दिनमान) पछि जस्तै पुनरुत्थान हुन्छ, त्यस्तै नै मृत्युपछि पनि पुनः जन्म ग्रहण गर्नु पर्दछ ।  यी दुबैलाई नै पर  दिनको प्रभात काल भन्दछन् । यो व्यक्त र अव्यक्त परिणाम (जन्म मृत्यु) जसमा बारम्बार हुन्छ, त्यसैलाई विश्व भन्दछन् । 'मुख' प्रवेश र निष्कासनको ढोका हो । यो विश्व प्रलयमा ममा नै प्रवेश गर्छ, अनि कल्पादिमा मबाट नै निस्कन्छ, त्यसकारण म विश्वतो (सर्वतो) मुख हुँ, जस्तै वृक्षमा फूल फल हुन्छन् । साधक ! तिमीलाई सम्झाउन बुझाउनमा परिश्रम हुँदैन । तिमीले आफ्नो सत्य 'म'  मा बसेर जगत्लाई हेर्‍यौ भने यो समस्त कुरा तिमीलाई प्रत्यक्ष हुनेछ, हेर ।

मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक् च नारीणां स्मृतिर्मेधा धृतिःक्षमा ।। ३४ 

क्रमश

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !

उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !

कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना

स्थूल शरीरको आश्रय: पञ्च कर्मेन्द्रिय,पञ्च ज्ञानेन्द्रिय र पञ्च प्राण लिएर मन बहिर्मुखी वृत्ति विषय भोगको अविनता !

शरीरको शास्ता वा शासक : आत्मा र परमात्माको रमणकार्यको मिलन रूप