सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम प्रस्तुतिबारे ‘रिहर्सल’ गर्ने जनाएको छ। यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ।