घाइते खेलाडीहरूलाई निःशुल्क उपचारकाे लागि खेलकुद महासङ्घको पहल

घाइते खेलाडीहरूलाई निःशुल्क उपचारकाे लागि खेलकुद महासङ्घको पहल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १८, २०७८

 काठमाडौँ । नेपाल खेलकुद महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने र खेल्ने क्रममा घाइते हुने खेलाडीहरूलाई निःशुल्क उपचारका लागि पहल थालेको जानकारी दिएको छ। 

नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेशकुमार पौडेलका अनुसार २०७८ असार १८ गते  शुक्रवार  महासङ्घका पदाधिकारी,  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र सदस्य  सुभाष श्रेष्ठ तथा ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोष पौडेल र  प्रशासन प्रमुख राजकुमार पोखरेलका बिचमा प्रथम बैठक सम्पन्न भएको छ । बैठकले  केही महत्त्वपूर्ण सहमति भएको र त्यसको  केही  दिनमा सार्वजनिक गर्ने सहमति  छ । 

उपचारको अलावा  खेलकुद क्षेत्रमा विगत लामो समयदेखि सम्पन्न गर्न बाँकी रहेका तथा तत्काल गर्नुपर्ने अत्यावश्यक कार्यहरू लगायतका अन्य केही समसामयिक तथा महत्त्वपूर्ण विषयमा समेत  गहन छलफल  भएको समेत महासङ्घले जनाएको  छ । 

बैठकमा महासङ्घका तर्फबाट अध्यक्ष रमेशकुमार पौडेल र वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको सहभागिता रहेको जनाइएको छ ।