झरी

झरी

अन्जान किराँती  |  साहित्य  |  असार १९, २०७८

सारा दिन नै आज  झरी परिरह्यो
शायद तिम्रो आँशु होकि झरिरह्यो

एक्लै छोडेर मलाई यो संसारमा
तिमी विलायौ खोई कुन सगरमा
आकाशधर्तीले खै के कुरा गरिरह्यो
सारा दिन नै आज  झरी परिरह्यो
शायद तिम्रो आँशु होकि झरिरह्यो

सम्झेकै छु तिमीलाई हर प्रहरमा
याद त आउॅदो होला तिम्रो शहरमा
घाम पनि म जस्तै विवस भइरह्यो
सारा दिन नै आज  झरी परिरह्यो
शायद तिम्रो आँशु होकि झरिरह्यो

(जसले कोरोनाको कारण आफ्ना आफन्तहरु गुमाउनुभयो उसैमा समर्पित)