पत्रकारको क्षमता विकास गर्न आर्थिक सहयोग

पत्रकारको क्षमता विकास गर्न आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७८

ताप्लेजुङ । नेकपा (एमाले) पार्टीका नेता तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न एक लाख उपलब्ध गराउनुभएको छ । 

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो । 

जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले बताउनुभयो । भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आउनुभएको छ