भन्सार छलेर सामान ल्याउदै गरेको गाडी र चालक प्रहरी नियन्त्रण

भन्सार छलेर सामान ल्याउदै गरेको गाडी र चालक प्रहरी नियन्त्रण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०७८

विराटनगर । मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौकमा भारतबाट भन्सार छलेर ल्याउदै गरेको चिनी, बिस्कुट सहित एउटा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको गाडी र समाना नियन्त्रणमा लिएको हो ।

प्रहरीले को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १८ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको हो । उक्त सामानहरु भन्सार छली ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ बर्षीय बिकास लिम्बु सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।