पहिरोबाट एक घरमा क्षति

पहिरोबाट एक घरमा क्षति

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७८

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताउनुभयो । 

आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उहाँको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उहाँको टाउको र अनुहारमा चोट लागेको छ । पहिरोबाट उहाँको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।