ब्युँताइएको एमाले कार्यदल बस्दै : पार्टीका आन्तरिक समस्या एजेन्डामा

ब्युँताइएको एमाले कार्यदल बस्दै : पार्टीका आन्तरिक समस्या एजेन्डामा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७८

बढ्दो असमझदारीलाई मिलाउन बनाइएको एमालेको कार्यदल बैठक आज बस्दै छ । बैठकमा पार्टीका विवाद र त्यसको समाधानबारे छलफल हुने बताइएको छ । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपालका तर्फबाट भीम रावलsJ संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

प्रधानमन्त्री ओलीले गत ५ पुसमा गैरसंवैधानिक रूपमा संसद् भंग गर्दा नेपाल खेमा ओलीको त्यो कदमविरुद्ध भएको आन्दोलनमा सहभागी भएको थियो । ८ जेठमा दोस्रो पटक भएको संसद् विघटनको पनि नेपाल समूहले विरोध गरिरहेको छ । उसले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइपाऊँ भनी अदालतमा पेस गरिएको निवेदनमा आफ्ना सांसदलाई हस्ताक्षर पनि गराएको छ ।

यही रिसले ओली पक्षले खनाल–नेपाल पक्षलाई कारबाही गरेको थियो । यसरी विवाद बढेको बढ्यै गरेपछि दोस्रो तहका नेताहरूको सक्रियतामा हिजो कार्यदल ब्युँताइएको छ ।  २ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । पार्टीभित्रका विवाद कार्यदलमार्फत नै समाधान गर्नेगरी गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।