संसद् पुनर्स्थापना भएर देउवा प्रधानमन्त्री बन्ने जनकपुरमा प्रचण्डको दाबी

संसद् पुनर्स्थापना भएर देउवा प्रधानमन्त्री बन्ने जनकपुरमा  प्रचण्डको दाबी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७८

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी २८ असारका लागि तोकिएको छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुश बन्न खोजेको आरोप पनि लगाए ।