दुर्लभ गिद्धले कोरल्यो चल्ला

दुर्लभ गिद्धले कोरल्यो चल्ला

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

जाजरकोट । विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका–५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् ।

विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले पनि बारेकोट गाउँपालिका–९, काप्तीको जंगलमा गुँड लगाएर चल्ला कोरलेको छ । सेतो गिद्धले चल्ला कोरलेको २ साता पुगेको छ ।

सेतो गिद्धले गत वर्ष पनि बच्चा कोरलेको पक्षी संरक्षण अभियन्ता गोविन्दबहादुर सिंहले बताए । सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको उनले जानकारी दिए । गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले गत शनिबार चल्ला कोरलेको थियो । सिंह सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जंगलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महिनामा तीन पटक जाने गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।