सुन सुन साइली

सुन सुन साइली

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २०, २०७६

 हुन त सुन भन्दा अन्य बहुमुल्य धातु नभएका होइनन, तर सुनको  पहेंलो रंगको  आकर्षण यति बढी किन ? यो प्रश्न  आफनो प्रेमिकासँग गरि हेर्नुस त ! तर यस्तो रिस्क नलिनु होला । दिलको मामलामा यस्तो दिल्लगी सुनभन्दा महँगो साबित हुनसक्छ ।

काठमाण्डौ ।  सुन सुन साइली परदेशबाट ....यो सुन र अर्को सुनमा फरक यति छ, अर्को सुन ल्याई दिने वाचा गरेमा साइलीलाई सुन सुन भनि राख्नु पदैन । ब्याग बोकेर सुन लिन हिंडे हुन्छ ।
सुनको महिमा सर्वत्र छ ल अब पढनुस कहाँ छ कति सुनको भण्डार–

भारत: सुनको भण्डार गर्नेमा भारत विश्वको १० औँ नम्बरमा पर्छ । भारतको रिजर्भ बैकसँग ५६०.३ टन सुन रहेको छ ।

नेदरल्याण्ड ः यस मामला नेदरल्याण्ड  भारत भन्दामाथि छ । यस युरोपियन देशको बैकंसंँग ६१२.५ टन सुन छ ।

जापान: विश्वको तेस्रो ठुलो अर्थव्यवस्था भएको जापानका बैकंसंँग ७६५.२ टन सुनको मौज्दात  रहेको  छ ।

स्विजरल्याण्डः  प्ले ग्राउण्ड अफ द  वल्र्ड उपनामले चर्चित यस देशका बैकंसँग १०४० टन सुन रहेको छ । 

चीन : चीनका बैकसँग  १८४२.६ टन सुन छ ।

 रुसः विश्वकोृ सबै भन्दा ठुलो  देश  रुसका बैकसँग १९०९.८  टन सुन उपलब्ध रहेको  फोब्र्स  पत्रिकाले  लेखेको छ ।

फान्स : यस युरोपियन देशसँग २४३६ टन सुन  रहेको छ ।

इटलीः इटलीसंग २४५१.६ टन सुन भण्डारण छ ।

जर्मन :युरोपका सबै देश  मध्ये सबै भन्दा बदी सुन जर्मनीसँग रहेकोे छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीका बैकंसँग ३३७१ टन सुन रहेको छ ।
अमेरिका : सुन भण्डारणमा अमेरिका शीर्षमा रहेको छ । अमेरिकाको खजानामा ८१३३.५ टन सुन भण्डारण रहेको छ ।