भारतीय वैज्ञानिकलाई फ्रान्सको सर्वोच्च सम्मान

भारतीय वैज्ञानिकलाई फ्रान्सको सर्वोच्च सम्मान

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

 नयाँ दिल्ली, एजेन्सी ।  फ्रान्सले आफ्नो देशको सर्वोच्च  नागरिक सम्मान भारतीय वैज्ञानिक एएस किरण कुमारलाई प्रदान गरेको छ । 

किरण कुमार भारतीय अन्तरिक्ष एजेन्सी ‘इण्डियन स्पेश रिसर्च अर्गनाइजेसन’ इसरोका पुर्व प्रमुख हुन ।

फ्रान्सका राष्ट्रपति इमैनुअल मैंक्रोले फ्रान्सको सर्वोच्च नागरिक सम्मान ‘शेवेलियर डि एल अर्डर नेशनल डिला लिजेन्ड अनर’ भारतीय वैज्ञानिक किरण कुमारलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

फ्रन्सिसी राष्ट्रपतिले  जारी गरेको बयानमा ‘किरण कुमारलाई फ्रान्स र भारतको अन्तरिक्ष कार्यक्रममा महत्वपुर्ण योगदान दिएका कारण’ यो सम्मान प्रदान गरिएको उल्लेख  गरिएको छ ।
किरण कुमार सन् २०१५ देखि २०१८ सम्म इसरोका चेयरम्यान रहेका थिएं ।

भारतमा फ्रान्सका राजदुत एलेक्जेंडर जीगलरले किरण कुमारलाई यो  सम्मान प्रदान गर्ने छन । सम्मान हस्तान्तरण गर्ने अवसरमा फ्रान्सको स्पेश एजेन्सीका प्रमुख जीन पेस ली गाल पनि उपस्थित रहने छन् ।