पर्खाल भत्किँदा शिशुको मृत्यु

पर्खाल भत्किँदा शिशुको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २४, २०७८

दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा   तीन महिने शिशुको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् । 

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएका