नेपालमा ‘फानी’को प्रभाव : सबै आन्तरिक उडान ठप्प

नेपालमा ‘फानी’को प्रभाव : सबै आन्तरिक उडान ठप्प

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

काठमाडौं । बंगालको खाडीमा बनेको समुद्री आधी ‘फानी’को असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ ।

‘फानी’को कारण मौसम प्रतिकूल बनेपछि नेपालको आन्तरिक उडान पूर्णतया प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘फानी’का कारण सबै आन्तरिक उडान बिहान १० बजेदेखि ठप्प छन् । अन्तर्राष्ट्रिय उडान भने नरोकिएको विमानस्थलले जनाएको छ ।