भेटिएको पाइला यतिको नभई जंगलीभालुको भएको नेपाली सेनको निश्कर्ष

भेटिएको पाइला यतिको नभई जंगलीभालुको भएको नेपाली सेनको निश्कर्ष

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

 काठमाडौँ ।  मकालु बरुण संरक्षण क्षेत्रका यतिका पाइला देखिएको हुनसक्ने भारतीय सेनाको दावीलाई नेपाली सेनाले  खण्डन गर्दै ‘जंगली भालुको पाइला’ भएको निश्कर्ष निकालेकोे छ । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आफ्ना सैनिक अधिकारी तथा स्थानीय बासिन्दाको भनाईको  आधारमा  भेटिएको भनिएको पाइला जंगली भालु रहेको भएको निश्कर्ष निकालिएको हो । 
मकालु–बरुण निकुञ्ज क्षेत्रमा एक्कासी ‘यतिका पाइला’ भेटिएको भन्दै भारतीय सेनाले  २०७६ बैशाख १६ गते सोमबार ट्विट गरेपछि यसबारे नेपाल भित्र र बाहिर व्यापक चर्चा पाएको थियो ।  

भारतीय सेनाले हिममानव ‘यति’ मकालु बरुण राष्ट्रिय निकुञ्जमा पाइएको कुरा भारतीय सेनाको  ट्विटमा उल्लेख गरेको थियो ।  

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अधिकृतहरुले नेपाली सेनाले आफ्ना अधिकृतहरुल के रहेछ भनेर बुझ्न निर्देशन दियौं,  स्थानीयबासी  भरियालाई पनि बुझ्यौं,सबै तथ्य हेर्दा उक्त पाइला यतिको नभई जंगली भालुको पाइला भएको हामी निश्कर्षमा नेपाली सेना पुगेको छ ।