सीवाईसी लघुवित्तले ठूलो परिमाणमा आईपीओ जारी गर्ने

सीवाईसी लघुवित्तले ठूलो परिमाणमा आईपीओ जारी गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २५, २०७८

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त वित्तीय संस्था र क्यापिटलबीच शेयर निश्कासनसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।

सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध संचालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिसन गरेको छ ।