धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव तयारी

धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव तयारी

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २०, २०७६

काठमाडौँ । सुदूरपश्चिमको धनगढीमा ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ आयोजना हुने जानकारी नाट्य प्रज्ञा–प्रतिष्ठान जानकारी दिएकोे छ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ  २०७६ १९ र २० गते आयोजना हुने उक्त महोत्सवमा सुदूर पश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले जानकारी दिनुभएको छ । 

संयोजक राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता  गराउने उद्देश्यले लागि हालै धनगढीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको बैठकले भुवन रिजालको संयोजकत्वमा स्थानीय आयोजक समिति र विभिन्न ८ वटा उपसमिति गठन गरिसकिएको  छ । 

प्रतिष्ठानले सङ्गीत साधना प्रतिष्ठानसँगको सहकार्यमा२०७६ वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बृहबहुभाषिक सङ्गीत महोत्सव आयोजना समेत हुने जानकारी दिएको छ ।