क्रिकेटरलाई क्लिन बोल्ड गर्ने सुन्दरी

क्रिकेटरलाई क्लिन बोल्ड गर्ने सुन्दरी
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा ।

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख २०, २०७६

काठमाडौं । क्रिकेट खेलाडीले संसारभर नाम कमाउनुका साथै ठूलो मात्रामा धन आर्जन पनि गर्छन् । नाम र दाम दुवै भएपछि सुन्दरता पनि यिनको अघि पछि नहुने कारण नै रहन्न ।

संसारभरका क्रिकेटरले विश्वप्रसिद्ध मोडेल, अभिनेत्री र खेलाडीसँग बिहे गरेका छन् । हेर्नुस्, केही विश्वप्रसिद्ध क्रिकेटर र उनका सुन्दर पत्नी, जसको पहिलो बलमै क्रिकेटरहरू क्लिन बोल्ड भए ।

अनुष्का शर्मा

चर्चित बलिउड अभिनेत्री अनुष्काले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई बोल्ड पारेकी हुन् ।

सागरिका घाटगे

बलिउड अभिनेत्री सागरिकाले भारतीय क्रिकेट खेलाडी जहिर खानसँग बिहे गरेकी हुन् ।

कैन्डिस एन फाल्जोन

फाल्जोन मोडेल हुन् । अस्टे«लियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर यिनको बलिङमा बोल्ड भएका हुन्

हेजल किच

हेजल मोडेल तथा बलिउड अभिनेत्री हुन् । यिनी उत्कृष्ट डान्सर र गायिका पनि हुन् । भारतीय क्रिकेटर युवराज सिंहले हेजलसँग बिहे गरेका हुन् ।

जस्मिम लोरा

जस्मिम वेस्ट इण्जिसका क्रिकेटर आन्द्रे रसलकी पत्नी हुन् । मोडेल लोरा सोसल मिडियामा अत्यन्त लोकप्रिय र सक्रिय छन् ।

जेसिका टेलर

जेसिका मोडेल, डान्सर र टेलिभिजन कार्यक्रमकी प्रख्यात कलाकार हुन् । यिनले इग्ल्याण्डका क्रिकेटर केबिन पिटरसनसँग बिहे गरेकी हुन् ।

मंयती लैंगर

मंयती मोडेल तथा टिभी स्पोटर्स जर्नलिस्ट हुन् । उनले भारतीय क्रिकेटर स्टुअर्ट बिन्नीसँग बिहे गरेकी हुन् ।

सानिया मिर्जा

प्रसिद्ध भारतीय टेनिस खेलाडी हुन्, सानिया मिर्जा । सानियाले पाकिस्तानका क्रिकेट खेलाडी शोयब मलिकसँग बिहे गरेकी छन् । सानियाले टेनिस खेलका थुप्रै प्रतियोगिता जितेकी छन् ।

सु इरासमस

चर्चित मोडेल इरासमसले दक्षिण अफ्रिकाका क्रिकेटर जेपी डुमिनीसँग बिहे गरेकी हुन् ।

विली मिसेल

मोडेल विलीले इग्ल्याण्डका पूर्वक्रिकेटर स्टुअर्ट ब्राडसँग बिहे गरेकी हुन् ।

संगीता बिजलानी

संगीता बिजलानीले भारतीय क्रिकेट खेलाडी अजहरुद्दीनसँग बिहे गरेकी थिइन् । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन ।