कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २५, २०७८

एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ  । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेका छन । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।