सुशीला नेपाल | साहित्य | असार २६, २०७८
कोभिडको बिरामी हुँ या अरु रोगको सिकार
जब बिस्तारामा पर्छु आउँछ आमाको आकार
अरु बेला गाली गरेऊ होला । आमा, पिटाई पनि खाए होला
बिरामी पर्दा तिम्रो साथ नपाउँदा झन् शिथिल पार्छ होला
तिमीले दिएको औषधी ले नै छिटै निको हुन्छु होला ।
तर
कहाँ पाउनू तिम्रो साथ पराई घरमा लखेट्यौ
सात कोष पारी पुगे अब अझै किन सताऊँछेउ ।
राती सपनामा तिम्रो साथ पाउँछु
बिपनामा टोलाएर खै कता हराउँछु ।
तिम्रो हातको तातो पानी खाए मात्र ठिक हुन्छु
आशु आउँदा तिमीलाई हेर्दा भाग्यमानी ठान्छु ।
यहाँ साथ कसले दिन्छ र आमा स्वार्थ दुनियाँ छ
कोखमा बसेको म, तिमी बाहेक अरु कसले सुन्छ ।
गर्भमा राख्यौ अनि हुर्कायौ आज विदेश छु
तिम्रो आशा सबै निराशा बनाएछु ।
त्यसैले होला आमा आज आफैसँग डराएको छु
सन्सार मा तिम्रो नाम चलेको छ
दुःख तिमीले पाएको छौ सहारा मलाई चाहिएको छ
सन्सारको रित लाई चिर्नुपर्छ एक दिन आमालाई सुख दिनुपर्छ
त्यै भन्दा भन्दा दिन गइसक्छ जब समय ले नेटो काट्छ अनि
छोराछोरीको आँखा खुल्छ । यादहरूले बाटो बनाउँछ अनि
पछुतोले आँखा रसाउँछ तिम्रो तस्बिर हेरी मेरो मनले बोलाउँछ ।