विश्व नम्बर एक जोकोभिच विम्बल्डनको फाइनलमा

विश्व नम्बर एक जोकोभिच विम्बल्डनको फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २६, २०७८

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा जारी विम्बल्डनमा जोकोभिचले क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । विश्व वरियतामा शिर्ष स्थानमा रहेका जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गर्न सफल भए । पाँच पटकको च्याम्पियन जोकोभिचको यो सातौं पटक विम्बल्डनको फाइनल यात्रा हो । 

जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन्  ।