कोपा अमेरिका कप : पेरुलाई पराजित गर्दै कोलम्वियाद्वारा तेस्रो स्थान पक्का

कोपा अमेरिका कप : पेरुलाई पराजित गर्दै कोलम्वियाद्वारा तेस्रो स्थान पक्का

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २६, २०७८

काठमाडौं । कोलम्वियाले कोपा अमेरिका कपको तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ले पराजित गर्दै कोलम्वियाले तेस्रो स्थानमा कब्जा जमाएको हो । 

खेलको ४५औं मिनेटमा योसिमार योटनले क्रिस्टियन कुइभाको पासमा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा जुआन कौट्राडोले थगोल गर्दै कोलम्वियालाई खेलमा फर्काए । ६६औँ मिेनटमा लुईस डायजले गोल गर्दै कोलम्वियालाई २-१को अग्रता दिलाए । ८२औँ मिनेटमा गियानलुका लपाडुलाले गोल गर्दै  पेरुलाई पुनः २-२को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्ज्युरी समयमा लुईस डायजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्वियालाई ३-२को जित दिलाए । 

यसअघि भएको सेमिफाइनलमा ब्राजिलसँग पेरु र अर्जेन्टिनासँग कोलम्विया पराजित भएका थिए ।  उपाधिका लागि फाइनल  खेल  ब्राजिल र अर्जेन्टिनाबीच आईतबार बिहान हुँदैछ ।