सर्वेत्कृष्ट भएका निवन्धकार पुरस्कृत

सर्वेत्कृष्ट भएका निवन्धकार पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २०, २०७६


काठमाडौ । वल्र्ड फेडेरेसन अफ ट्रेड युनियन (डब्ल्यूएफटीयु) को–अर्डिनेसन कमिटी नेपालद्वारा गत वर्षको मे दिवसका अवसरमा आयोजित पेशाकर्र्मीहरूबिचको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा सर्वेत्कृष्ट भएका निवन्धकारलाई पुरस्कृत गरिएको छ ।  

उक्त प्रतियोगितामा पेशागत महासंघ नेपालका उपमहासचिव किशोरकुमार नेपालीले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए भने नेपाल प्रज्ञा–प्रतिष्ठानका कर्मचारी कवि रञ्जन घिमिरेले द्वितीय स्थान र नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटाले तृतीय स्थान  हासिल गर्नुभएको थियो ।

 बुधवार मे दिवसको अवसरमा राजधानीमा आयोजित एक समारोहकाबिच पुरस्कृत प्रतिभाहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।  

यसैगरी बुधवारकै दिन राजधानीमा आयोजित एक कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी अर्की कर्मचारी कवि तथा कथाकार राधा कार्की बीडी त्यागी स्मृति सम्मानद्वारा सम्मानित भएको समाचार छ । उनलाई प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

नेपथ्य सम्मान तीन नम्बर प्रदेश सभा सदस्य रामेश्वर फुयाललाई, वर्षभरिमा नौलो काम गरेबापत दिइने विशिष्ट सम्मान एउटै प्रकाशकबाट एकैचोटि चौध पुस्तक प्रकाशन गर्न सफल वरिष्ठ लेखक मधुसूदन पाण्डेयलाई, त्यागीको लागि योगदान दिएबापत दिने योगदान सम्मान संस्थागत तथा व्यक्तिगत रुपले महत्वपूर्ण योगदान दिएबापत डा. विमल कोइरालालाई, पुरस्कार विश्वप्रेम अधिकारीलाई, सम्मान यदुनाथ वसन्तपुरे र प्रतिभा सम्मान राधा कार्कीलाई प्रदान गएिको हो ।