मेस्सी बने कोपा अमेरिकाकाे सर्वाधिक गोलकर्ता

मेस्सी बने कोपा अमेरिकाकाे सर्वाधिक गोलकर्ता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २७, २०७८

काठमाडौं  । अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । 

मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गर्न सफल भए । उनले ५ असिस्ट समेत गरेका थिए । तर, डियाजले ५ खेलमा ४ गोल गरेपनि असिस्ट दिएका थिएनन् ।

अर्जेन्टिनालाई २८ वर्षपछि आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १-० ले हराउँदै उपाधि जितेको छ । जुन ३४ वर्षीय मेस्सीको   पहिलो अन्तराष्ट्रिय उपाधि हो ।माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए ।